Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

थुनिएको मर्स्याङ्दीमा ब्लास्ट गर्न कठिन, दुई उपकरण मार्फत नदी खोतलिँदै

थुनिएको मर्स्याङ्दीमा ब्लास्ट गर्न कठिन, दुई उपकरण मार्फत नदी खोतलिँदै


  • 778
    Shares

    थुनिएको मर्स्याङ्दीमा ब्लास्ट गर्न कठिन, दुई उपकरण मार्फत नदी खोतलिँदै
    images

    काठमाडौं । मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन ।

    मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पोखराबाट ब्लास्ट गर्ने सेनाको प्राविधिक टोली हिजै चामे पुगे पनि काम अघि बढ्न सकेको छैन ।

    पौडेलले  भने, ‘प्राविधिक टोली हिजै चामे आइपुगेको हो । ब्लास्ट गर्नका लागि उपयुक्त ठाउँ फेला नपर्दा समस्या भएको हो ।’

    उनले अगाडि भने, ‘ब्लास्ट गर्न ठूलो चट्टान आवश्यक पर्ने रहेछ । तर नदी थुनिएको आसपासमा चट्टान फेला पर्न सकेन । गिट्टी, बालुवा, रुख, माटो लगायत लेदोले नदी थुनिएको छ । जसका कारण ब्लास्ट गर्ने उपयुक्त ठाउँ फेला परेन ।’

    ब्लास्ट गरेर थुनिएको नदी खोल्ने तयारी गरिए पनि त्यो तत्कालका लागि सम्भव नभएपछि दुई वटा उपकरण प्रयोग गरी अहिले नदी खोतल्ने काम भइरहेको उनले बताए ।

    अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर चामे क्षेत्रमा मर्स्याङ्दी नदी थुनिएको हो ।

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १०:१७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij