Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान


  • 589
    Shares

    साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
    images

    काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान सुरु भएको छ ।

    मौसम खराबीलगायतका कारण देखाउँदै गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले आजदेखि नियमित उडान सुरु गरेको हो । काठमाडौँबाट १३ यात्रु लिएर सुकेटार आएको जहाजले पाँच यात्रु लिएर काठमाडौँ फर्किएको सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीले जानकारी दिए ।

    यसअघि साताको सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएकामा नयाँ तालिकाअनुसार यही असोज १५ गतेदेखि साताको सोमबार, बिहीबार र शनिबार उडान हुने जनाइएको छ । काठमाडौँ–ताप्लेजुङ हवाई भाडा दर १२ हजार २७० तथा ताप्लेजुङ–काठमाडौँ भाडा दर रु १२ हजार ७० कायम गरिएको छ ।

    पर्यटकीय गतिविधिका दृष्टिले महत्त्वपूर्ण मानिने ताप्लेजुङमा नियमित हवाई सेवा सञ्चालनमा विभिन्न समस्या देखिँदै आएको छ । जहाजको अभाव, इन्डिकेसनलगायत प्राविधिक समस्या तथा कतिपय अवस्थामा यात्रु अभावका कारण उडान नियमित हुन नसकेको बताइएको छ ।

    नियमित उडान नहुँदा हवाई सेवामा निर्भर यात्रु तथा जिल्लामा आउने पर्यटकलाई समस्या हुने गरेको छ । पाथीभरा, कञ्चनजङ्घालगायत पर्यटकीय क्षेत्रमा आउने पर्यटक तथा सर्वसाधारण नियमित उडान नहुँदा सहज यात्राबाट वञ्चित छन् । नियमित उडानका लागि निजी क्षेत्रका हवाई सेवा कम्पनीलाई वातावरण बनाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीय बताउँछन् ।

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १६:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij