२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । लगातारको वर्षाले उर्लिएको चितवनस्थित नारायणी नदी पुरानै लयमा फर्किँदै छ। नारायणीको जलसतह आइतबार इतिहासकै उच्च बिन्दु ११.९४ मिटर पुगेकोमा हाल घटेर ७.४५६ मिटरमा झरेको छ।
बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा फर्किँदै गरेको जनाएको छ। आज बिहानको मापनअनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि नै रहे पनि पानीको बहाव निरन्तर घट्दो क्रममा रहेको छ।
देवघाटस्थित नारायणी नदीको मापन केन्द्रमा आज एक दिनका लागि पानीको बहावमा सामान्य घटबढ हुने भए पनि सतर्कता अपनाउनुपर्ने पहेँलो संकेत राखिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij