Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने


  • 631
    Shares

    चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने
    images

    काठमाडौं । नेपाल प्रहरीले आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ । सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा आगामी चाडपर्वमा यात्रुहरू ठगिन नपाऊन् र सवारी दुर्घटना न्युनिकरण होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिइएको हो ।

    प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुनिल जंग शाहले टिकटमा हुने कालोबजारी र सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई रोक्न प्रहरीले विशेष निगरानी बढाउने जानकारी दिएका छन्। डीएसपी शाहकाअनुसार सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थिति रहनेछ भने भाडादरसम्बन्धी विवाद तत्काल समाधान गर्न यातायात व्यवस्था विभागका प्रतिनिधिलाई पनि सहभागी गराउन प्रश्ताव गरिएको छ ।

    सहायता कक्षमा सबै गन्तव्यको भाडादर स्पष्ट रूपमा राखिनेछ, जसले यात्रु र यातायात व्यवसायीबीच हुने विवाद कम गर्ने अपेक्षा गरिएको छ । टिकट बुकिङलाई थप व्यवस्थित र विश्वसनीय बनाउन काउन्टरमा बस्ने कर्मचारीको आधिकारिक परिचयपत्र अनिवार्य हुनुपर्नेमा उनले जोड दिएका छन् । यसले टिकट काट्ने व्यक्ति कुन समितिसँग आवद्ध छ भन्ने स्पष्ट हुने र कुनै समस्या आएमा अनुगमन गर्न सहज हुने प्रहरीको भनाइ छ ।

    सवारी दुर्घटना न्युनिकरणका लागि ‘क्यू–फ्री’ प्रणालीमा परिवर्तनको खाँचो औंल्याउँदै शाहले सोही मार्गमा अभ्यस्त चालकहरूलाई मात्र खटाउन सुझाव दिनुभयो । यदि अपरिचित मार्गमा नयाँ चालक पठाउँदा सडकको खाल्डाखुल्डी र मोडबारे जानकारी नहुँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । 
      

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १२:३३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij