Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

म्याग्दीको गिवाङमा पहिरो : दुई जनाको शव फेला

म्याग्दीको गिवाङमा पहिरो : दुई जनाको शव फेला


  • 561
    Shares

    म्याग्दीको गिवाङमा पहिरो : दुई जनाको शव फेला
    images

    काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आइतबार पहिरोमा पुरिएर ज्यान गुमाएका दुई जनाको शव भेटिएको छ । गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गरेका छन् । 

    यसैगरी अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीहरूको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउँदै गरेका आचार्यले बताएका छन् ।

    आइतबारको पहिरोमा परि म्याग्दीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । प्रहरी नायव उपरीक्षक राजन कार्कीका अनुसार बेनी नगरपालिका ३ भकिम्लीको छेपारेमा ३६ वर्षीया कुमारी वली विकको पहिरोमा परि मृत्यु भएको छ । 

    मालिका गाउँपालिका–३ औलामा पहिरोमा पुरिएका एक जनाको उद्धार भएको र दुई जनाको खोजी भइरहेको उनले सुनाए । उमेर नखुलेका किरण पुनलाई अचेत अवस्थामा उद्धार गरिएको र नाम नखुलेका दुई जनाको खोजी भइरहेको उनको भनाइ छ ।

     

     

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १५:३३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij