Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

डुबानको जोखिम बढेपछि रामघाटका बासिन्दालाई बस्ती छाड्न आग्रह

डुबानको जोखिम बढेपछि रामघाटका बासिन्दालाई बस्ती छाड्न आग्रह


  • 554
    Shares

    डुबानको जोखिम बढेपछि रामघाटका बासिन्दालाई बस्ती छाड्न आग्रह
    images

    काठमाडौं । लगातारको अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि पोखराको रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । नदीको जलसतह बढ्दै गएपछि बस्ती डुबानमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले रामघाट क्षेत्रमा माइकिङ गरेर स्थानीयलाई बस्ती छाड्न आग्रह गरेका हुन् ।

    सुरक्षाकर्मीले स्थानीय बासिन्दालाई आफू र परिवारका सदस्यसँगै अत्यावश्यक सामान तथा महत्वपूर्ण कागजात लिएर सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेका छन् । सेती नदीको बहाव तीव्र बन्दै गएपछि नदी किनारमा रहेका बस्तीमा जोखिम बढेको भन्दै स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

    प्रहरीका अनुसार रामघाट क्षेत्रमा डुबानको जोखिम बढेकाले स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको हो । गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर क्षेत्र भने तुलनात्मक रूपमा सुरक्षित रहेको जनाउँदै आवश्यक परे ती स्थानतर्फ जान सकिने जानकारी दिइएको छ ।

    पछिल्ला केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण पोखरासहित देशका विभिन्न स्थानमा नदी तथा खोलामा पानीको बहाव बढेको छ । सेती नदीमा समेत पानीको सतह बढेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय त्रसित बनेका छन् ।

    प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई अनावश्यक रूपमा नदीतर्फ नजान र मौसम तथा नदीको अवस्थाबारे सतर्क रहन आग्रह गरेको छ । कुनै आपतकालीन अवस्था सिर्जना भए तत्काल नजिकको प्रहरी कार्यालय वा सम्बन्धित सुरक्षा निकायमा सम्पर्क गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।  

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १०:५५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij