Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

बाढीपहिरो र वर्षाले विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा प्रभावित

बाढीपहिरो र वर्षाले विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा प्रभावित


  • 582
    Shares

    बाढीपहिरो र वर्षाले विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा प्रभावित
    images

    काठमाडौं । निरन्तरको वर्षा, हावाहुरी, बाढी तथा पहिरोका कारण नेपाल टेलिकमका विभिन्न स्थानमा दूरसञ्चार सेवा प्रभावित भएको छ ।

    नेपाल टेलिकमले २०८३ असोज ८ गतेदेखि परेको निरन्तरको वर्षा र हावाहुरीका कारण देशका विभिन्न स्थानमा सेवा अवरुद्ध भएको जनाएको हो । कम्पनीका अनुसार भारी वर्षा तथा पहिरोका कारण प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ हुनुका साथै अप्टिकल फाइबरमा क्षति पुगेको छ ।

    यस्तै, विद्युत् आपूर्तिमा भएको अवरोध र हिमपात, वर्षात् तथा बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा सञ्चालनमा समस्या देखिएको टेलिकमले जनाएको छ । प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम जारी रहेको र सम्भव भएका स्थानमा सेवाको मर्मतकार्य भइरहेको टेलिकमले सूचना जारी गरी जानकारी दिएको छ ।

    मौसममा सुधार आएसँगै प्रभावित कार्यस्थलमा प्राविधिक टोली परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको कम्पनीको भनाइ छ ।

    सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गरेको छ । साथै, बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न कठिन परिस्थितिमा पनि ग्राहकले धैर्यता देखाएको भन्दै नेपाल टेलिकमले आभार व्यक्त गरेको छ ।

    प्रकाशित मिति :आश्विन ११ २०८३ आइतवार - १०:२०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij