२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ । अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन् ।
उनका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ । यद्यपि अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक माथि बाढी मापन भएको थियो ।
मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij