Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा सवारीसाधन ‘होल्ड’

बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा सवारीसाधन ‘होल्ड’


  • 617
    Shares

    बीपी राजमार्ग अवरुद्ध भएपछि धुलिखेलमा सवारीसाधन ‘होल्ड’
    images

    काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा ‘होल्ड’ गरिएको छ ।

    वर्षाका कारण राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेल चोकमै रोकिएको छ ।

    प्रहरीका अनुसार नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ चारसयवेशी, रोशी–८ गिम्दीवेशी र रोशी–११ माम्तीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको प्रहरीले जनाएको छ । 

    वर्षा अझै जारी रहेकाले पहिरो हटाउन समय लाग्न सक्ने प्रहरीले जनाएको छ । यात्रुलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।  

    बीपी राजमार्ग अवरुद्ध भएपछि काभ्रेभञ्ज्याङ र भकुण्डे क्षेत्रमा समेत सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।  

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १०:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij