Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक

एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक


  • 701
    Shares

    एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।

    तालिकाअनुसार पहिलो खेलमा आगामी कात्तिक ९ गते साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।

    कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ भने २ गते इलिमिनेटर हुनेछ । तालिका अनुसार ३ गते दोस्रो क्वालिफायर र मंसिर ५ गते फाइनल हुनेछ ।

    सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने क्यानले जनाएको छ ।

    NPL-SCHEDULE-1229x1536.jpg

    प्रकाशित मिति :आश्विन ३ २०८३ शनिवार - १९:३३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij