Logo

२०८३ भाद्र ३१ गते बुधवार

२०८३ भाद्र ३१ गते बुधवार

जोमसोममा राष्ट्रिय जलवायु सम्मेलन सुरु (तस्बिरहरु)

जोमसोममा राष्ट्रिय जलवायु सम्मेलन सुरु (तस्बिरहरु)


  • 596
    Shares

    जोमसोममा राष्ट्रिय जलवायु सम्मेलन सुरु (तस्बिरहरु)
    images

    काठमाडौं । मुस्ताङको जोमसोममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूको सहभागिता रहने गरी सम्मेलन आयोजना गरिएको हो।

    सम्मेलनको उद्घाटन सङ्घीय वातावरणमन्त्री गीता चौधरीले गरेकी छन्। जलवायु परिवर्तनका कारण हिमाली तथा अन्य क्षेत्रमा देखिएका असर, त्यसको न्यूनीकरणका लागि स्थानीय तहले गरेका प्रयास तथा कार्यान्वयनका क्रममा भोगिरहेका चुनौतीबारे सम्मेलनमा विस्तृत छलफल हुने जनाइएको छ।

    सम्मेलनले स्थानीय तहको अनुभव आदानप्रदान गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा रणनीति र भावी मार्गदर्शन तय गर्ने अपेक्षा गरिएको छ। विशेषगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव, वातावरण संरक्षण र स्थानीयस्तरबाट अपनाउन सकिने प्रभावकारी उपायमा जोड दिइनेछ।   

    M5.JPG

    M4.JPG

    MUSTANG3.JPG

    MUSTANG2.JPG

    MUSTANG1.JPG

    प्रकाशित मिति :भाद्र ३० २०८३ मंगलवार - १०:५२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij