Logo

२०८२ पौष ४ गते शुक्रवार

२०८२ पौष ४ गते शुक्रवार

उदयपुर सिमेन्ट उद्योगले सरकारको ऋण तिर्न साधारण सेयर बिक्री गर्ने

उदयपुर सिमेन्ट उद्योगले सरकारको ऋण तिर्न साधारण सेयर बिक्री गर्ने


  • 6.8K
    Shares

    उदयपुर सिमेन्ट उद्योगले सरकारको ऋण तिर्न साधारण सेयर बिक्री गर्ने
    images

    उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण सेयर बिक्री गर्ने भएको छ ।

    उद्योगको आइतबार सम्पन्न साधरण सभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधरण सभाले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको छ ।

    उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय बराबरको सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्ने उद्योगका अध्यक्ष बलराम रिजालले राखेको विशेष प्रस्ताव सभाले पारित गरेको हो ।

    उद्योगले साधारण सेयर निष्कासन गरी नेपाल सरकारलाई तिर्नुपर्ने साँवा ब्याज रकम राफसाफ गर्ने योजना छ ।त्यसैगरी उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित भएको छ । सम्बन्धित निकायको स्वीकृति लिइ उद्योगको अधिकृत पुँजी ४ अर्बबाट वृद्धि गरी १० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव सभामा पेश गरिएको थियो ।

    यस्तै परिवर्तित सन्दर्भमा प्रचलित कानुन बमोजिम उद्योगको प्रबन्धपत्र नियमावलीमा समय सान्दर्भिक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानले बताए ।

     

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १५:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij