Logo

२०८२ माघ २० गते मंगलवार

२०८२ माघ २० गते मंगलवार

उदयपुर सिमेन्ट उद्योगले सरकारको ऋण तिर्न साधारण सेयर बिक्री गर्ने

उदयपुर सिमेन्ट उद्योगले सरकारको ऋण तिर्न साधारण सेयर बिक्री गर्ने


  • 6.9K
    Shares

    उदयपुर सिमेन्ट उद्योगले सरकारको ऋण तिर्न साधारण सेयर बिक्री गर्ने

    उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण सेयर बिक्री गर्ने भएको छ ।

    उद्योगको आइतबार सम्पन्न साधरण सभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधरण सभाले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको छ ।

    उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय बराबरको सर्वसाधारणका लागि साधारण सेयर बिक्री गर्ने उद्योगका अध्यक्ष बलराम रिजालले राखेको विशेष प्रस्ताव सभाले पारित गरेको हो ।

    उद्योगले साधारण सेयर निष्कासन गरी नेपाल सरकारलाई तिर्नुपर्ने साँवा ब्याज रकम राफसाफ गर्ने योजना छ ।त्यसैगरी उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित भएको छ । सम्बन्धित निकायको स्वीकृति लिइ उद्योगको अधिकृत पुँजी ४ अर्बबाट वृद्धि गरी १० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव सभामा पेश गरिएको थियो ।

    यस्तै परिवर्तित सन्दर्भमा प्रचलित कानुन बमोजिम उद्योगको प्रबन्धपत्र नियमावलीमा समय सान्दर्भिक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानले बताए ।

     

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १५:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij