Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज घट्यो सुनचाँदीको मूल्य

आज घट्यो सुनचाँदीको मूल्य


  • 827
    Shares

    आज घट्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ हजार १ सय रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तथा १० ग्रामको २ लाख ६० हजार ८ सय ९० रुपैयाँ कायम भएको छ । गत शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ५ सय ४५ रुपैयाँ थियो ।

    साथै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेको हो ।

    आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार १० ग्राम चाँदीको मूल्य ४ हजार ८५ रुपैयाँ थियो ।  

     

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १२:२१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij