Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन


  • 484
    Shares

    वीरगञ्जमा अचेत भेटिएका गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन
    images

    काठमाडौं ।  गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक बसन्तप्रकाश उपाध्यायको ५८ वर्षको उमेरमा निधन भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित गहवामाई मन्दिर अगाडिको चौतारोमा मङ्गलबार अचेत अवस्थामा भेटिएका उपाध्यायलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय बिर्ताको टोलीले उनको उद्धार गरी अस्पताल पुर्‍याएको थियो। तनहुँको भानु नगरपालिका–५ घर भई काठमाडौंको कलङ्कीस्थित ढुङ्गेअड्डा बस्दै आएका थिए।

    २०२५ साल वैशाख १५ गते जन्मिएका उपाध्यायले २०४८ फागुनमा उपसम्पादकका रूपमा गोरखापत्रबाट पत्रकारिता सुरु गरेका थिए।

    उनले गोरखापत्र दैनिकको कार्यकारी सम्पादक, संस्थान सञ्चालक समिति सदस्य तथा सञ्चालक समिति सचिवको जिम्मेवारी सम्हालेका थिए।

    २०७४ मङ्सीर २५ मा संस्थानको महाप्रबन्धक पदमा नियुक्त भएका उनले गोरखापत्रका भगिनी प्रकाशन ‘युवामञ्च’, ‘मधुपर्क’ र ‘मनोरम अप्सरा’ को सम्पादकका रूपमा समेत काम गरेका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - ११:४३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij