Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि


  • 1.5K
    Shares

    आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि
    images

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

    बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।


    यसअनुसार एकदिनमा सुनको मूल्य ७ हजार ६ सय रुपैयाँले बढेको हो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ४ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

    साथै, चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले बढेको हो ।

    १० ग्राम चाँदीको मूल्य आज ४ हजार ५१ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - ११:२४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij