Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंमा ग्यास अभाव हुन नदिन ट्रकमार्फत सिलिन्डर ढुवानी गर्ने तयारी

काठमाडौंमा ग्यास अभाव हुन नदिन ट्रकमार्फत सिलिन्डर ढुवानी गर्ने तयारी


  • 799
    Shares

    काठमाडौंमा ग्यास अभाव हुन नदिन ट्रकमार्फत सिलिन्डर ढुवानी गर्ने तयारी
    images

    काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक उपाय खोजिएको छ ।

    मुख्य सडक अवरुद्ध हुँदा ग्यास बुलेट काठमाडौं आउन नसकेपछि उपत्यका बाहिरका ग्यास उद्योगबाट सिलिन्डर भरेर वैकल्पिक सडकमार्फत ट्रकमा ढुवानी गर्ने तयारी गरिएको हो ।

    यस विषयमा मकवानपुर जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ । छलफलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सडक डिभिजनका प्रतिनिधि, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी तथा एलपी ग्यास व्यवसायीहरू सहभागी थिए ।

    नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहका अनुसार मुख्य राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यासको अभाव देखिन थालेकाले वैकल्पिक व्यवस्था अघि सारिएको हो । उनका अनुसार काठमाडौं बाहिर रहेका ग्यास उद्योगमा सिलिन्डर भरेर ट्रकमार्फत उपत्यकामा पठाउने तयारी भइरहेको छ ।

    मंगलबार मात्रै काठमाडौं बाहिर बोटलिङ गरिएका करिब ४ हजार सिलिन्डर ग्यास काठमाडौं ल्याइएको शाहले जानकारी दिए ।

    बाढीका कारण मुख्य सडक कहिले खुल्छ भन्ने निश्चित नभएकाले उपभोक्तालाई ग्यास अभाव हुन नदिन स्थानीय प्रशासन र व्यवसायीसँग समन्वय गरेर वैकल्पिक रुटबाट ढुवानी सुरु गर्न लागिएको हो ।

    ग्यास ढुवानीका लागि कान्तिराजपथ, त्रिभुवन राजपथलगायत वैकल्पिक मार्ग प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ । बैठकले ट्रकमार्फत ग्यास ढुवानी गर्दा आवश्यक सुरक्षा व्यवस्था तथा सडक मार्गलाई सहज बनाउने विषयमा निर्णय गर्ने बताइएको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १३:४६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij