२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा वैकल्पिक ट्रयाक खोलिएको छ ।
त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि उक्त स्थानमा सडक भासिएर यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले सोही स्थानमा करिब १०० मिटर नयाँ वैकल्पिक ट्रयाक निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको हो ।
वैकल्पिक ट्रयाक खुलेसँगै उक्त खण्डमा सवारी साधन सामान्य रूपमा सञ्चालन हुन थालेका छन् । यद्यपि, ट्रयाक कच्ची तथा जोखिमपूर्ण रहेकाले सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।
यसअघि त्रिशूली नदीको बाढीका कारण पृथ्वी राजमार्गकै कृष्णभिरमा समेत सडक भासिएपछि यातायात पूर्णरूपमा प्रभावित भएको थियो ।
सडकका विभिन्न खण्डमा बाढीले क्षति पुर्याएपछि संघीय राजधानी काठमाडौं आवतजावतका लागि चितवनको नारायणगढबाट हेटौंडा हुँदै काठमाडौं जोडिने तीन वैकल्पिक रुट प्रयोग भइरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij