Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि घट्यो

सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि घट्यो


  • 967
    Shares

    सुनको मूल्यमा ठूलो गिरावट,  चाँदी पनि घट्यो
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधवार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घटेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। मंगलबार प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ८ हजार ८ सय रुपैयाँले सस्तिएको हो।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तथा १० ग्रामको २ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ। 

    साथै, चाँदीको मूल्य पनि आज प्रतितोला १ सय ८५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५ सय ८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

    महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ र १० ग्रामको ३ हजार ९ सय २७ रुपैयाँ कायम भएको छ। 

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - ११:३४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij