Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितका लागि राहत सामग्री लिएर नेपाल आए सोनु सुद

बाढीपीडितका लागि राहत सामग्री लिएर नेपाल आए सोनु सुद


  • 883
    Shares

    बाढीपीडितका लागि राहत सामग्री लिएर नेपाल आए सोनु सुद
    images

    काठमाडौं । बलिउड अभिनेता नेपाल आएका छन् । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर उनी मंगलबार काठमाडौं आइपुगेका हुन् ।

    नेपालमा बाढीले ठूलो क्षति पुर्‍याएको समाचार सार्वजनिक भएलगत्तै सोनु सुदले सामाजिक सञ्जालमार्फत नेपालप्रति ऐक्यबद्धता जनाएका थिए ।

    उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ ।’

    नेपाल आएपछि उनले बाढी प्रभावित नागरिकका लागि राहत तथा सहयोग अभियानमा सहभागी हुने तयारी गरेका छन् । उनको नेपाल आगमनलाई विपद्का बेला मानवीय सहयोग र ऐक्यबद्धताको प्रयासका रूपमा लिइएको छ ।  

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १७:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij