Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितको लागि भन्सार एजेन्ट संघद्वारा २ लाख सहयोग

बाढीपीडितको लागि भन्सार एजेन्ट संघद्वारा २ लाख सहयोग


  • 624
    Shares

    बाढीपीडितको लागि भन्सार एजेन्ट संघद्वारा २ लाख सहयोग
    images

    काठमाडौं । नेपाल भन्सार एजेन्ट संघ काठमाडौंले हालैको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ ।

    चीनको तिब्बततर्फबाट अचानक आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसीलगायत क्षेत्रमा ठुलो जनधनको क्षति पुर्‍याएपछि संघले सरकारको ध्यानाकर्षणसमेत गराएको भन्सार एजेन्ट भोजराज देवकोटाले जानकारी दिएका छन् । 

    भन्सार एजेन्ट महासंघको आह्वानमा भन्सार एजेन्ट संघ काठमाडौंले त्रिविस्थल कार्यालयका प्रमुख भन्सार प्रशासक रामकृष्ण पुडासैनीमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको देवकोटाले बताएका छन् ।   

    संघका अध्यक्ष होमनाथ धमलाद्वारा जारी विज्ञप्तिमा बाढीका कारण रसुवा भन्सार क्षेत्रमा कार्यरत भन्सार एजेन्ट, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी तथा पर्यटकहरू ठुलो संख्यामा सम्पर्कविहीन भएको भन्दै गहिरो चिन्ता व्यक्त गरिएको छ ।  

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १६:०६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij