Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१५ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ

१५ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ


  • 1.3K
    Shares

    १५ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ
    images
    धनगढी । कैलालीमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ९३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

    गौरीगंगा नगरपालिका–९ का ९३ वर्षीय बिरे जाग्रीलाई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार जाग्रीले गत २८ साउनमा किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

    घटना किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले जाग्रीलाई पक्राउ गरेको जनाएको छ ।

    प्रहरीका अनुसार जंगल क्षेत्रमा घटना भइरहेको अवस्थामा किशोरीकी दिदीले देखेपछि घटना’ जानकारी गराएकी थिइन् । त्यसपछि घटना’ प्रहरीलाई जानकारी पुगेको हो ।

    पक्राउ परेका जाग्रीलाई प्रारम्भिक अनुसन्धान तथा बयान लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १५:०३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij