२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको हो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ६२ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
साथै, चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७ सय ६५ रुपैयाँमा झरेको हो। १० ग्राम चाँदीको मूल्य आज ४ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij