Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जेनजीको राहत टोली रसुवातर्फ

जेनजीको राहत टोली रसुवातर्फ


  • 855
    Shares

    जेनजीको राहत टोली रसुवातर्फ
    images

    काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू राहत सामग्री लिएर बाढीबाट प्रभावित रसुवाको टिमुरेतर्फ लागेका छन् ।

    टोलीले चामल, दाल, तेल, नुन, चाउचाउ, चिउरा, भुजालगायत खाद्यान्नसँगै सोलार प्यानल, ब्याट्री, लत्ताकपडा र मेडिकल सामग्री लिएर गएको छ ।

    अभियानको टोलीले सोमबार नुवाकोटको देवीघाट, त्रिशूलीलगायत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेको थियो ।

    रसुवा जाने क्रममा बाटोमै गाडी बिग्रिएपछि टोलीले अन्य प्रयोजनका लागि रसुवा जाँदै गरेको टिपरको सहयोगमा राहत सामग्री स्थानान्तरण गरेर यात्रा अघि बढाएको छ । कालिकास्थानसम्म टिपरमार्फत सामान पुर्‍याएर त्यहाँबाट अर्को गाडीमा लोड गरी धुन्चे पुर्‍याउने र मंगलबार दिउँसो लक्षित प्रभावितलाई वितरण गर्ने अभियानका अजय सोडारीले बताएका छन् ।

    आजको टोलीमा अजय सोडारी, प्रकाश बम, प्रज्वल लिम्बू र मणि सुन्दर लिम्बू सहभागी छन् ।

    राष्ट्रिय जेन्जी नागरिक अभियानले आगामी दिनमा पनि राहत सामग्री सङ्कलन तथा वितरणलाई निरन्तरता दिने जनाएको छ । तत्कालीन राहत तथा उद्धारको चरणपछि पुनर्निर्माणका लागि ५० जनाको टोली परिचालन गर्ने योजना पनि अभियानले बनाएको छ ।

     

    प्रकाशित मिति :भाद्र १५ २०८३ सोमवार - १०:५३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij