२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं। बाढीका कारण काठमाडौं-मुग्लिन सडकको खण्ड नै भासिए पछि काठमाडौं जोड्ने मुख्य राजमार्ग नै बन्द हुँदा उपत्यका बाहिर जाने गाडी काठमाडौंमै रोकिएका छन्।
राजमार्ग बन्द भएपछि मालवाहक सवारीहरूको लस्कर अहिले कलंकी-बल्खु क्षेत्रमा देखिएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाब बढ्दा राजमार्ग कटान गरेपछि सडक अवरुद्ध भएको हो।
आज बिहान मात्रै खुलेको सडक केही घण्टामै बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो। बाढीले कटान गरेपछि सडक केही भासिएको छ।
सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन्। चितवन प्रहरीले अर्को सूचना जारी नभएसम्मका लागि चितवनको नारायणगढबाट काठमाडौं जाने र काठमाडौंबाट यसतर्फ आउने सवारीसाधनहरू सञ्चालनमा रोक लगाएको जनाएको छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij