२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतकार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा सुन प्रतिदश ग्राम २ लाख ६४ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यसअघि सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला नौ हजार पाँच सय रुपैयाँले घटेको देखिएको छ ।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँ कायम भएको छ । प्रतिदश ग्राम चाँदीको मूल्य चार हजार ९८ रुपैयाँ तोकिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij