Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला


  • 687
    Shares

    चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला
    images

    काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिकाको छ ।

    त्यस्तै, ५५ जनाको शरीरका अङ्गहरु भेटिएका छन् । तीमध्ये २२ वटा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमा सफा गरेर राखिएको छ । केही शवको नदीमा मुचुल्काको काम भइरहेको उनले जानकारी दिए । तस्बिर खिचिएका शवको पहिचानका लागि ‘डिस्प्ले’ सुरु गरिएको छ । आफन्तहरुले सो ‘डिस्प्ले’मा हेरेर पहिचान गर्ने उपरीक्षक पौडेलले जानकारी दिए । ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा पनि राखिने उनले जानकारी दिए ।

    भरतपुर महानगरपालिका–१० स्थित भरतपुर अस्पताल नजिकै चितवन उद्योग सङ्घको आडमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण तथा पहिचान केन्द्रका रूपमा प्रयोग गरिएको छ । अस्पतालमा शव राख्न पर्याप्त स्थान नभएपछि उक्त भवनलाई शव संरक्षण तथा पहिचान कक्षका रूपमा प्रयोग गरिएको छ ।

    पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातबाट यकीन गरिने उनले जानकारी दिए । पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ ।

    चितवनतर्फका त्रिशूली र नारायणी किनारमा आज पनि बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले शवको खोजी गरिरहेका छन् ।

    स्थानीय र बेपत्ताका परिवारले नदी किनारमा शव भेटेपछि सुरक्षा निकायलाई खबर आउनेक्रम पनि चलिरहेको उनले जानकारी दिए ।

     

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - ११:५७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij