२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली सेनाको एआई–१७ हेलिकप्टर मेडिकल टिम बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) बोकेको हेलिकप्टर जिल्ला अस्पताल त्रिशूलीतर्फ गएको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि धुन्चे र त्रिशूलीबाट समेत उद्धार टोली परिचालन गरिएको सेनाले जनाएको छ। यसअघि नै सेनाका दुईवटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रको उद्धारका लागि खटिएका थिए।
आज बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोसीमा आएको भीषण बाढी अहिले नुवाकोट हुँदै धादिङसम्म पुगेको छ। बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा जोखिम बढेपछि उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij