Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

images

  • 1.8K
    Shares

    नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने
    images

    काठमाडौं । आजदेखी भदौ १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्ने भएको छ ।

    हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा सवारी कर्जा प्रदान गर्नेछ । यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ भने भदौ महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।

    महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. एन हल न. ०४ मा गई सम्पर्क गर्न सक्नेछन् । बैंकले विद्युतीय तथा अन्य निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुको लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्नेछ । 

    नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सहभागिता जनाउँदै आएको छ ।

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - १६:४२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij