Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

चितवनमा १५ वर्षीया बालिका बलात्कृत, संलग्न आरोपी फरार

चितवनमा १५ वर्षीया बालिका बलात्कृत, संलग्न आरोपी फरार


  • 1.3K
    Shares

    चितवनमा १५ वर्षीया बालिका बलात्कृत, संलग्न आरोपी फरार
    images

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका स्थित एक रिसोर्टमा १५ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारमा संलग्न आरोपीमा पीडित परिवारले भरतपुर महानगरपालिका वडा नम्बर–७ घर भएका २८ वर्षीय सन्देश भट्ट विरुद्ध जाहेरी दिएका छन्।

    भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ । साउन ३१ मा भएको सो घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ। पीडितको तर्फबाट प्राप्त जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भुषण यादले बताए। उनले भने, ‘जाहेरी प्राप्त भएको छ, हामी अनुसन्धान गर्दै छौँ।’

    भट्टले रिसोर्टमा लगेर एक्कासी चुकुल लगाई ती बालिकालाई बलात्कार गरेको आरोप छ। आरोपीलाई प्रतिकार गरेर बालिका चुकुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख छ । आरोपीले योजनाबद्ध रूपमा पहिले नै रिसोर्टमा कोठा बुक गरेको र फकाएर बालिकालाई लगेर बलात्कार गरेको बताइएको छ।

    बलात्कारमा संलग्न आरोपी भट्ट फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ।

    images
    प्रकाशित मिति :भाद्र ७ २०८३ आइतवार - १९:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij