गोरखा । सिरानचोक गाउँपालिका–४ माझगाउँबेसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारको क्रममा मृत्यु भएको छ।
आइतबार बिहान ११ बजेतिर स्थानीय हरि पोख्रेलको बारी जोतेर निस्कने क्रममा ग १ त ७५४८ नम्बरको ट्याक्टर करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा चितवन घर भई सोही स्थानमा बस्दै आएका ४५ वर्षीय चालक मोहनबहादुर बोहरा गम्भीर घाइते भएका थिए।
अनुहार र छातीमा भित्री चोट लागेका बोहरालाई प्रदेश अस्पताल गोरखामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल सिटी अस्पताल, चितवन लगिएको थियो। उपचारकै क्रममा दिउँसो ३:४६ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।