Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

सप्तरीमा सौता सौताबिच झगडामा २ वर्षीया बालिकाको हत्या

सप्तरीमा सौता सौताबिच झगडामा २ वर्षीया बालिकाको हत्या


  • 792
    Shares

    सप्तरीमा सौता सौताबिच झगडामा २ वर्षीया बालिकाको हत्या
    images

    सप्तरी ।  सप्तरीमा सौताबिचको झगडाका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। 

    शम्भुनाथ नगरपालिका–३ की २ वर्षीया सान्या खातुनको शव आइतबार बिहान घर पछाडी झाडीमा फेला परेको थियो। उनी बिहानैबाट हराएकी थिइन्। 

    उनको हत्या कान्छीआमा मुस्कान खातुनले गरेको सप्तरीका प्रहरी प्रमुख एसपी रुपेश खड्काले बताए। घटना लगत्तै प्रहरीले १९ वर्षकी मुस्कानलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो। 

    मुस्काले बालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेकी छन्। शरीरमा अन्य चोट देखिएको छैन। 

    मुस्कान र खुशीकी आमा रुविना खातुनको बिचमा पटक पटक झगडा हुँदै आएको थियो। शनिबार पनि उनीहरूबिच झगडा भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। मोहमद इरफासँग रुविनाको विवाह ७ वर्ष पहिले नै भएको थियो भने कान्छी एक वर्ष पहिले आएकी थिइन्। 

    मोहमद रोजगारीका लागि कतारमा छन्। इरफान कान्छी श्रीमती ल्याएर विदेश गएका थिए। कान्छी भने सोही गाउँमा डेरा लिएर बस्दै आएकी थिइन्। बेला बेला जेठी भए ठाउँमा जाने र झगडा गर्ने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। 

    images
    प्रकाशित मिति :भाद्र ७ २०८३ आइतवार - १९:१८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij