Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, घटना ‘शंकास्पद’

सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, घटना ‘शंकास्पद’


  • 470
    Shares

    सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, घटना ‘शंकास्पद’
    images

    लहान । सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेकी छन्। आज बिहान बालिका मृत फेला परेपछि घटनामा संलग्न रहेको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी हेमराज घिमिरेले जानकारी दिए।

    उनका अनुसार शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा २/३ वर्षको सानिया भन्ने खुशी खातुन मृत फेला परेकी हुन् । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति नातामा मृतक बालिकाकी सानी आमा पर्छिन्।

    उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। इरफानकी छोरी सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् । खोज्नेक्रममा उनी घर पछाडि नै मृत अवस्थामा फेला परेकी हुन् ।

    images
    प्रकाशित मिति :भाद्र ७ २०८३ आइतवार - १५:२०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij