Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ

मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ


  • 1.3K
    Shares

    मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ
    images

    काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

    नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। 

    एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा बनेका थापालाई ६३ सांसदको समर्थन रहेको छ। ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी गरेका थापाको नियुक्तिको सन्दर्भमा राप्रपा भित्र विवाद भइरहेको छ।

    विवादकाबिच थापा मुख्यमन्त्री नियुक्त भएका हुन् । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ।

    बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बनियाँले भदौ १ मा संसद्‌बाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए । 

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १७:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij