Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

विदेशी चिकित्सकको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ नै नक्कली भेटिएपछि दर्ता स्थगित

विदेशी चिकित्सकको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ नै नक्कली भेटिएपछि दर्ता स्थगित


  • 1.4K
    Shares

    विदेशी चिकित्सकको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ नै नक्कली भेटिएपछि दर्ता स्थगित
    images

    काठमाडौं । मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेस गरिएका कागजातहरू नक्कली रहेको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ ।

    काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण गर्दा केही विदेशी चिकित्सकहरूले पेस गरेको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाएको हो । 

    कागजातको आधिकारिकता यकिन नगरी दर्ता सिफारिस गर्ने सम्बन्धित स्वास्थ्य संस्था, आवेदक विदेशी चिकित्सक र उनीहरूलाई सनाखत गर्ने नेपाली चिकित्सकहरूसँग लिखित स्पष्टीकरण माग गर्दै आवश्यक बयानका लागि काउन्सिलमा उपस्थित गराउने निर्णयसमेत गरिएको छ ।

    यो घटनालाई गम्भीर रूपमा लिँदै काउन्सिलले नेपालमा कार्यरत विदेशी चिकित्सकहरूको दर्ता अवस्था, कार्यस्थिति तथा व्यावसायिक गतिविधिको आवश्यक अनुसन्धान गर्न एक विशेष समिति गठन गरेको छ। 

    साथै, अब उप्रान्त कुनै पनि मेडिकल तथा डेन्टल कलेज, प्रतिष्ठान वा अस्पतालले विदेशी चिकित्सकको दर्ताका लागि कागजातको सत्यता यकिन नगरी सिफारिस गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित संस्थाकै हुने सूचनामा उल्लेख छ ।

    775279427_1042585518666778_1811273788306545644_n_CPNfvZvIiM.jpg

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १८:१३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij