२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौ. । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमितिको अध्यक्षमा भरतजंग पाण्डेय र महासचिबमा राजकुमार देबकोटा निर्वाचित भएका छन् ।
हिजो शुक्रबार भएको निर्वाचनमा पाण्डेय निर्वाचित भएका हुन् । पाण्डेयसहित उनको टिमका अधिकांश पदाधिकारी निर्वाचित भएका छन् ।
नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै भएको २५औँ कार्यसमितिका लागि पाण्डेयको टिम निर्वाचित भएको हो ।
अध्यक्ष पदका लागि जिस्वान तुलाधर श्रेष्ठ र युविका राजभण्डारीले प्रतिस्पर्धा गरेका थिए । नाट्टाको अध्यक्ष पदमा पहिलोपटक दुईजना महिलाले दाबी गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij