Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

ट्रकसँग ठोक्कियो बोलबम तीर्थयात्री बोकेको बस, तीन नेपालीको मृत्यु

ट्रकसँग ठोक्कियो बोलबम तीर्थयात्री बोकेको बस, तीन नेपालीको मृत्यु


  • 477
    Shares

    ट्रकसँग ठोक्कियो बोलबम तीर्थयात्री बोकेको बस, तीन नेपालीको मृत्यु
    images

    काठमाडौं । बोलबम यात्राका लागि भारतको झारखण्डस्थित बाबाधाम गएका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ।

    जिल्लाको मध्यभाग गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार बस शुक्रबार बिहान झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएको हो। 

    दुर्घटनामा गरुडा नगरपालिका–६ पोठियाहीका ६० वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन्। 

    बसमा करिब ४५ जना बोलबम तीर्थयात्री सवार रहेको बताइएको छ। उनीहरू बासुकीनाथ दर्शनपछि देवघर हुँदै राजगीरतर्फ जाने क्रममा सतगावाँ क्षेत्रमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

    ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाको खबर पाएलगत्तै सतगावाँ प्रहरीले घटनास्थल पुगेर घाइते तीर्थयात्रीको उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार सतगावाँ थाना प्रमुख बब्लु सिंहले प्रारम्भिक अनुसन्धानका क्रममा बस चालकलाई अत्यधिक निद्रा लागेको हुनसक्ने देखिएको बताएका छन्। यद्यपि दुर्घटनाको वास्तविक कारण खुलिनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउने प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले माग गरेका छन्।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १६:५९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij