Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

नाइमा एक्स्पोमा स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ सार्वजनिक

नाइमा एक्स्पोमा स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ सार्वजनिक


  • 533
    Shares

    नाइमा एक्स्पोमा स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ सार्वजनिक
    images

    काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल सार्वजनिक गरेको छ। नाइमा अटो शो २०२६ को अवसरमा कम्पनीले नयाँ स्कुटर सार्वजनिक गरेको हो।

    नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग कनेक्ट गर्न सकिने डिजिटल एलसीडी डिस्प्ले तथा सुजुकी राइड कनेक्ट सुविधा उपलब्ध गराइएको छ। यसले स्कुटर चलाउँदा आवश्यक सूचना तथा जानकारी सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

    मोबाइलको ब्याट्री तथा नेटवर्कसम्बन्धी जानकारी, स्पिड अलर्ट, ट्रिप रेकर्ड, पार्क गरिएको अन्तिम स्थान र सर्भिस रिमाइन्डरलगायतका सुविधा पनि दिइएको छ।

    स्मार्ट कनेक्टिभिटीका अतिरिक्त नयाँ एक्सेस १२५ मा १२४ सीसीको इन्जिन रहेको छ। दैनिक सहरी यात्रालाई सहज, आरामदायी र सुविधाजनक बनाउने उद्देश्यले स्कुटरमा विभिन्न व्यावहारिक सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ।

    सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेडमार्फत नेपाली स्कुटर प्रयोगकर्तालाई उपयोगी स्मार्ट प्रविधिको अनुभव प्रदान गर्न खोजिएको बताए । 

    नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड मोडल नाइमा अटो शो २०२६ मा रहेको सुजुकीको प्याभिलियनमा प्रदर्शनमा राखिएको छ।

    नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भी.जी. अटोमोबाइल्स प्रा.लि.रहेको छ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १६:३४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij