Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

एनएमबि बैंकको नाफा ४ अर्ब नाघ्यो

एनएमबि बैंकको नाफा ४ अर्ब नाघ्यो


  • 449
    Shares

    एनएमबि बैंकको नाफा ४ अर्ब नाघ्यो
    images

    काठमाडौं ।  एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै ऐतिहासिक वित्तीय सफलता हासिल गरेको जनाएको छ। बैंकले पहिलोपटक खुद नाफा ४ अर्ब रुपैयाँको कोसेढुङ्गा पार गरेको हो।

    बैंकका अनुसार आर्थिक वर्षमा बैंकको खुद नाफा ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    यस अवधिमा बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। त्यस्तै, प्रति शेयर वितरणयोग्य आम्दानी ९.०८ प्रतिशत कायम भएको बैंकले जनाएको छ।

    बैंकले प्रभावकारी वासलत व्यवस्थापन, डिजिटल बैंकिङ विस्तार र ट्रेजरी कारोबारमा सुधारका कारण प्रमुख वित्तीय सूचकहरूमा उल्लेख्य वृद्धि गर्न सफल भएको बताएको छ।

    चौथो त्रैमासिकसम्म बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। कर्जा तथा निक्षेप व्यवस्थापनमा सुधारसँगै ब्याज आम्दानीमा सकारात्मक प्रभाव परेको बैंकको भनाइ छ।

    त्यस्तै, डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी पनि बढेको छ। बैंकको शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

    ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा सुधार आएपछि बैंकको खुद ट्रेडिङ आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ। यस शीर्षकअन्तर्गत आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

    बैंकको पुँजी प्रतिफल र सम्पत्ति प्रतिफलमा समेत सुधार देखिएको छ। बैंकको पुँजी प्रतिफल ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ।

    एनएमबि बैंकले पछिल्लो समय डिजिटल सेवा विस्तार, आधुनिक बैंकिङ प्रणाली र प्रभावकारी जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको छ। वित्तीय सूचकमा आएको सुधारले बैंकको समग्र व्यवसायिक क्षमता थप मजबुत भएको देखाएको छ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १२:३५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij