Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास भेटियो

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास भेटियो


  • 414
    Shares

    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास भेटियो
    images

    काठमाडौं । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल रेडिसनमा छापामारी गर्दा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको पाइएको छ । विभागका अनुसार होटलमा मात्रै १८४ वटा ग्यास सिलिन्डर भेटिएका छन् ।

    बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा व्यावसायिक प्रतिष्ठानमा निगरानी बढाएको थियो । सोही क्रममा गरिएको अनुगमनमा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन् ।

    विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् । त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको छ ।

    बजारमा उपभोक्ताले ग्यास अभाव झेलिरहेका बेला होटलमा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १६:५०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij