Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न माग गर्दै सर्वोच्चमा रिट


  • 1.1K
    Shares

    प्रहरी कार्यालय र हिरासतमा सीसीटीभी अनिवार्य गर्न माग गर्दै सर्वोच्चमा रिट
    images

    काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

    कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई बिहीबार रिट दायर गरेका हुन् । उक्त रिटको सुनुवाइ शुक्रबारका लागि पेसी तोकिएको छ।

    निवेदक चौधरीले नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धान गर्ने अधिकारी भएका सरकारी निकायका भवनहरूमा कुनै पनि भाग नछुट्ने गरी सीसीटीभी जडान गर्न माग गरेका छन्।

    निवेदकहरूले रातको समयमा समेत स्पष्ट दृश्य देखिने नाइट भिजन प्रविधिसहित अडियो र भिडियो दुवै रेकर्ड हुने प्रणाली जडान गर्न र त्यसबाट प्राप्त फुटेज कम्तीमा १२ देखि १८ महिनासम्म सुरक्षित राख्ने कानुनी व्यवस्था गर्न परमादेश माग गरेका छन्।

    त्यस्तै, पक्राउ परेको समयदेखि नै व्यक्तिको गतिविधिको डिजिटल अभिलेख राख्ने गरी एकीकृत मापदण्ड निर्माण गर्न समेत रिटमा माग गरिएको छ।  

    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १५:१३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij