Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

किशोर श्रेष्ठलाई म्याद थपका लागि आज अदालत लगिँदै

किशोर श्रेष्ठलाई म्याद थपका लागि आज अदालत लगिँदै


  • 414
    Shares

    किशोर श्रेष्ठलाई म्याद थपका लागि आज अदालत लगिँदै
    images

    काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई आज अदालत उपस्थित गराइँदै छ । उनलाई केहीबेरमा अदालत लगिने प्रहरी स्रोतले बताएको हो ।

    जिल्ला प्रहरी परिसरमा रहेका श्रेष्ठलाई अनुसन्धानका लागि म्याद लिन सरकारी वकिल कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । त्यसअघि कागजपत्र तयार पार्ने काम गरिरहेको एक प्रहरी अधिकृतले बताएका छन् ।

    नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी लगायतले श्रेष्ठको पक्राउ र जनआस्थामा गरिएको खानतलासीको विरोध गरेका छन् ।

    उनीहरूले श्रेष्ठलाई विनासर्त रिहा गर्न र प्रेस स्वतन्त्रताको पालना गर्न माग गरेका छन् । महासंघले आजै जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि प्रदर्शनसहित धर्ना समेत दिएको छ ।

    वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा हिजो प्रहरीले पक्राउ गरेको थियो । आज बिहानै प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासी समेत गरेको थियो ।

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १३:३९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij