Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

लालटिन बोकेर पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

लालटिन बोकेर पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै प्रदर्शन (तस्बिरहरु)


  • 1.2K
    Shares

    लालटिन बोकेर पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै प्रदर्शन (तस्बिरहरु)
    images

    पत्रकार किशोर श्रेष्ठको विनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ ।

    महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पुगेका पत्रकारहरुले प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका हुन् । धर्नाका क्रममा प्रहरी र पत्रकारबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो ।

    शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेको भन्दै पत्रकारहरुले आक्रोश व्यक्त गरेका थिए । उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ लगायतका नारा लगाएका थिए ।

    कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागी पत्रकारहरुले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको आरोप लगाउँदै विरोध जनाएका छन् । उनीहरुले ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ र ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    यसअघि प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रहरी टोलीले जनआस्थाको कार्यालयमा खानतलासीसमेत गरेको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले श्रेष्ठलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    श्रेष्ठ विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसमेत हुन् । खोजी पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाएका श्रेष्ठ निर्भिक पत्रकारका रूपमा परिचित छन् ।

    p1.JPG

    p2.JPG

     

    p3.JPGp4.JPG

    p5.JPG

    p6.JPG

     
     
     
     

    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - ११:१७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij