२०८३ श्रावण २८ गते बिहिवार
काठमाडाैँ । प्रहरीले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हाे।
युवतीले दिएकाे जाहेरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे।
साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij