२०८२ माघ ७ गते बुधवार
आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियतदिने उद्देश्यले कुमारी बैंक लिमिटेड र प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोउपचारका लागी प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेडमा नारायणगढका शाखा प्रबन्धक श्री सुजन ढुंगाना र चित्रावन नेचर क्युअर अस्पतालका निर्देशक डा.विशाल सापकोटाले हस्ताक्षर गर्नु भएको उक्त सम्झौता–पत्रअनुसार चित्रावन नेचर क्युअर हस्पिटलमाबेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहक वर्गले कुमारी बैंकको डेबिट तथाक्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij