Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

निर्वाचन सुरक्षा व्यवस्थापन र खर्च विगतभन्दा बढी पारदर्शी छः गृह सचिव

निर्वाचन सुरक्षा व्यवस्थापन र खर्च विगतभन्दा बढी पारदर्शी छः गृह सचिव


  • 484
    Shares

    निर्वाचन सुरक्षा व्यवस्थापन र खर्च विगतभन्दा बढी पारदर्शी छः गृह सचिव
    images

    काठमाडौं । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले निर्वाचन सुरक्षा व्यवस्थापन र आवश्यक सामग्री खरिद प्रक्रियालाई विगतको तुलनामा थप व्यवस्थित, पारदर्शी र मितव्ययी बनाइएको दाबी गरेका छन्। बुधवार सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित भई सचिव श्रेष्ठले यस्तो दाबी गरेका हुन् । 

    सचिव श्रेष्ठकाअनुसार निर्वाचन सुरक्षाका लागि तयार गरिएको वर्तमान मापदण्डमा कुनै नयाँ विषय थप नगरी विगतकै अभ्यासलाई निरन्तरता दिइएको छ । सुरक्षा व्यवस्था र सामग्री व्यवस्थापनका सन्दर्भमा आर्थिक मितव्ययिता र खर्चको पारदर्शितालाई मुख्य प्राथमिकता दिइएको उहाँले प्रस्ट पारे । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट कार्यक्षेत्रमा खटिँदा आवश्यक पर्ने सामग्रीका लागि प्राप्त प्रस्तावका आधारमा अर्थ मन्त्रालयबाट बजेट निकासा भई सम्बन्धित निकायमा पठाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

    सुरक्षाकर्मीले पाउने रकम सिधै उनीहरूको व्यक्तिगत बैंक खातामा जम्मा हुने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिएको उनको भनाइ छ । सार्वजनिक खरिद प्रक्रियाको व्यवहारिक कठिनाइबारे चर्चा गर्दै सचिव श्रेष्ठले निर्वाचन घोषणापछिको सीमित समयका कारण कतिपय सामग्री खरिदमा वैकल्पिक बाटो रोज्नुपरेको स्पष्ट पारे । निर्वाचन सम्पन्न भएपछि खर्चका विषयमा प्रश्न उठेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो देखाएको सन्दर्भमा मन्त्रालयले विस्तृत विवरणसहितको जवाफ पठाइसकेको उहाँले जानकारी दिए । 

    सचिव श्रेष्ठले भने, ‘व्यक्तिले प्राप्त गर्ने सुविधामा कुनै कमी नहोस् र खर्च प्रक्रिया पारदर्शी बनोस् भन्नेमा हामी सजग छौँ । निर्वाचनका लागि उपलब्ध १२० दिनमध्ये ६५ दिन एकीकृत सुरक्षा योजना तयार गर्नमै खर्च भयो । बाँकी ६० दिनको छोटो अवधिमा सार्वजनिक खरिद ऐनको नियमित प्रक्रिया अवलम्बन गर्दा निर्वाचनअघि सामग्री उपलब्ध हुनसक्ने अवस्था थिएन । त्यसैले मापदण्ड बमोजिम रकम सिधै व्यक्तिको खातामा पठाउने निर्णय गरिएको हो ।’

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १५:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij