Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने

कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने


  • 652
    Shares

    कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने
    images

    काठमाडौं । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिने भएका छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार दलका नेता उद्धव थापाले मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिएका हुन्।

    राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।

    यसैबीच, कांग्रेसका मन्त्रीहरूलाई धन्यवादसहित बिदाइ गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मुख्यमन्त्री कार्यालय विराटनगरमा बस्ने बैठकपछि कांग्रेसका मन्त्रीहरूलाई औपचारिक बिदाइ गर्ने तयारी रहेको जनाइएको छ।

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले कांग्रेसका मन्त्रीहरूले भोलि बिहानसम्ममा राजीनामा दिने जानकारी आएको बताए।

    केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच गठबन्धनका लागि तीन बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिन लागेको हो। एमाले र कांग्रेसबीचको सहमतिपछि दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन हुँदा २०८२ पुस २२ गते कांग्रेसका मन्त्रीहरू नियुक्त भएका थिए।

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - १४:०५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij