Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारामा

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारामा


  • 505
    Shares

    कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुकेधारामा
    images

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको छ। साउन २९ गतेका लागि घोषणा गरिएको राष्ट्रिय भेला इतर समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेस बुकिङ गरेको हो ।

    इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले मिराकल पार्टी प्यालेसमा भेला गर्ने निर्णय भएको जानकारी दिएका छन्। राष्ट्रिय भेला पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तीन दिनसम्म चल्ने बताइएको छ । भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहको दाबी छ ।

    कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्री देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने भएका छन् । 

    जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

     

    images
    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - ११:३४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij