२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै बैठकले सुनसरी र सिरहामा भएको झडपका क्रममा मृत्यु भएका ४ जना सहिद घोषित भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij