Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु


  • 568
    Shares

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
    images

    काठमाडौं । सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । 

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । 

    गृह मन्त्रालयको प्रस्तावमा गरिएको यस निर्णयले पीडित परिवारलाई राहत र न्यायको अनुभूति गराउने सरकारको विश्वास छ ।

    यसैगरी, स्वास्थ्य सेवालाई थप सुलभ बनाउन र वातावरणीय संरक्षणलाई बढवा दिन सरकारले ठुलो कर छुटको घोषणा गरेको छ । प्रवक्ता पोखरेलका अनुसार नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्‌बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट दिने निर्णय अर्थ मन्त्रालयको प्रस्तावमा स्वीकृत भएको छ ।

    सार्वजनिक चासोको विषय बनेको एनसेलको सेयर खरिद(बिक्रीका सम्बन्धमा पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनलाई पनि सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । 

    पोखरेलले प्रधानमन्त्री बालेन शाहको आगामी विदेश भ्रमण र छिमेकी मित्रराष्ट्रका उच्च अधिकारीहरूको भ्रमणका विषयमा मन्त्रालयहरूले आवश्यक प्रोटोकल अनुसार काम गरिरहेको स्पष्ट पारे । 

    बैठकले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन बाराका निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । त्यस्तै, नेपाल र पोर्चुगलबीचको कुटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि भएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १६:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij