Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

एनएमबि बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने

एनएमबि बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने


  • 2.8K
    Shares

    एनएमबि बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने
    images

    काठमाडौं । एनएमबि बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी अटो कर्जा’ सुविधा ल्याएको हो ।

    वातावरणमैत्री यातायात तथा दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले किफायती ब्याजदरमा उक्त कर्जा योजना ल्याएको जनाएको छ । बैंकका अनुसार सीमित अवधिका लागि उपलब्ध हुने यो कर्जा सुविधा नयाँ विद्युतीय सवारी खरिद गर्ने ग्राहकले सरल र छिटो प्रक्रियामार्फत प्राप्त गर्न सक्नेछन् ।

    कर्जा लिन इच्छुक ग्राहकले एक्स्पोमा रहेको एनएमबि बैंकको स्टल वा देशभर रहेका बैंकका शाखामार्फत आवेदन दिन सक्नेछन् । एनएमबि बैंकले हाल देशभर १९८ वटा शाखा, १७६ वटा एटिएम तथा ९ वटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०८३ मंगलवार - १६:४२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij